गोरखा १०, बैशाख गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहना सहित नगद चोरी गरि फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नम्बर ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु १ लाख रुपैया र करिब १ तोला सुन चोरी गरि भागेका २१ बर्षका खुईले बिकास भनिनेसुकबहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका सिरानचोक गाउँपालिका वडा नम्बर १ घर भएका कुँवरले गएको बुधबार घर्तीको कोठमा पसी दराज फोरेर नगद र गरगहना चोरी गरि भागेका थिए । घटनाको जानकारी पाएलगत्तै अनुसन्धान अघि बढाएको प्रहरीले कुँवरलाई घरबाट नै पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका बि.को साथ चोरी गरेका नगद रु ४७ हजार ३१० रुपैया समेत बरामत गरेको उहाँले बताउनुभयो । त्यस्तै कुँवरले चोरी गरेको रकमबाट खरिद गरेको भिवो कम्पनीको एकथान मोवाइल सेट समेत भेटिएको प्रहरीको भनाई छ । पक्राउ परेका कुँवरलार्य जिल्ला अदालत गोरखाबाट म्याद थप गरि अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।