Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एनआरएनए अमेरिकाको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा पन्तको उमेद्वारी घोषणा


2.5K
Shares

एनआरएनए अमेरिकाको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा पन्तको उमेद्वारी घोषणा

काठमाण्डौं ८, बेशाख । एनआरएनए अमेरिकाको आउदो मे महिनामा हुने निर्वाचनमा तनहुँमा जन्मनु भएका दीपकराज पन्तले बोर्ड अफ डाइरेक्टर पदमा उमेद्वारी घोषणा गर्नुभएको छ ।

हालको भानु नगरपालिका–१ भन्सारमा जन्मनु भएका पन्तले अमेरिकामा रहेका पछिल्लो नेपाली युवा पिंढीलाई दुई देश बिचको भाषा, संस्कृति मौलिकपनसँग जोड्ने भूमिका खेल्ने अभिप्रायका साथ उमेद्वारी घोषणा गर्नुभएको हो । करिब १० बर्ष अघिदेखि अमेरिकामा स्थायी रुपमा बसोबास गर्दै आउनु भएका पन्तले हाल अमेरिकाको विस्कान्सिन राज्यको मिल्वाकी सिटीमा व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ ।

सामाजिक सेवाको क्षेत्रमा उत्तिकै क्रियाशिल रहनु भएका पन्तले २०७२ सालमा गएको बिनासकारी भुकम्पले क्षति पुर्याएका गोरखाका केही बिधालयलाई कम्युटर लगायतका सामाग्री समेत प्रदान गर्नुभएको थियो । सानै उमेरदेखि समाजसेवा र राजनीतिमा चासो राख्नुहुने पन्त बिदेशमा रहेका नेपालीहरुले स्पष्ट बक्ताका रुपमा समेत चिन्छन् ।

तनहुँको शारदा शिक्षा सदन माबिबाट एसएलसी उतिर्ण गर्नुभएका पन्तले त्रिभुवन बिश्व बिद्यालय किर्तिपुरबाट अर्थशात्र बिषयमा स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएको छ । हाल उहाँ अमेरिका स्थित मिल्वाकी नेपाली परिवारको सचिवको जिम्मेबारी बहन गर्दै आउनु भएको छ । निर्वाचनमा आफ्नो बिजयी सुनिश्चित हुने पन्तले बिश्वास व्यक्त गर्नुभएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology