Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको आरुघाट गाउँपालिकाकी एक महिलामा कोरोना संक्रमण


2.5K
Shares

गोरखाको आरुघाट गाउँपालिकाकी एक महिलामा कोरोना संक्रमण

गोरखा, ८ बैशाख ।  गोरखामा थप एक महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको आरुघाट गाउँपालिका–५ की ४६ बर्षकी महिलामा कोरोना संक्रमण पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिजय श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाण्डौको त्रिबि शिक्षण अस्पतालमा उपचारका लागि पुग्नु भएकी उहाँको उपचारको क्रममा संक्रमणको पुष्टी भएको परिवारका भनाई उदृत गर्दै प्रमुख श्रेष्ठले बताउनुभयो । स्वास्थ्य अबस्था जटिल भएपछि उपचार सम्भव नभएकाले अस्पताले उहाँलाई पठाएको थियो । ति महिलालाई चैत ३० गते नै संक्रमणको पुष्टी भएको हो ।

संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहनुभएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । दोस्रो चरण्मा को कोरोना संक्रमणको लहर बढेसंगै शुन्य झरेको संक्रमणदर बिस्तारै बढ्दै गएको छ । पछिल्लो केहीदिन भित्रमा जिल्लामा संक्रिय संक्रमितको सख्या ४ पुगेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology