Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

दश रुपैयाँ दिएर ७ वर्षीया बलात्कार गर्ने युवक पक्राउ


2.8K
Shares

दश रुपैयाँ दिएर ७ वर्षीया बलात्कार गर्ने युवक पक्राउ

वीरगन्ज ८, बैशाख । प्रलोभनमा पारी ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले ३६ वर्षका १ जना पुरुषलाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बस्ने ३६ वर्षीय प्रमोद सर्राफलाई बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । । वीरगन्ज–२४ मै आफ्ना अभिभावकसँग बस्दै आएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पीडित बालिकाका बुवाले आफ्नी ७ वर्षीया छोरीमाथि बलात्कार गरेको भन्दै सर्राफविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए।वैशाख ६ गते ३ जना छोराछोरीलाई वीरगन्ज–२४ स्थित डेरामा छोडेर श्रीमान्–श्रीमती नै काम गर्न गएकोमा दिउँसो फर्किँदा छोरीमाथि बलात्कार भएको थाहा पाएको पीडित बालिकाका बुवाले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेका छन्।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा सर्राफले १० रुपैयाँ दिएर ललाइ–फकाइ ७ वर्षीया बालिकामाथि बलात्कार गरेको खुल्न आएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology