गोरखा ५, बैशाख । गोरखा नगरपालिका भित्र आइतबार थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नगरपालिकाको वडा नम्बर वडा नम्बर ११ स्थित सेन्टजोसेफ स्कुलमा कार्यरत एक कर्मचारीमा संक्रमणको पुष्टी भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख निश्चल अर्यालले जानकारी दिनुभयो ।
शुक्रबार स्कुलका एक कर्मचारी सहित अन्य २ जनामा संक्रमणको पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरि परीक्षणका लागि पठाइएका ५९ बर्षका पुरुषमा संक्रमणको पुष्टी भएको हो । उनको पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा स्वाब परीक्षण गरिएको थियो ।