Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका बिभिन्न क्षेत्रमा ५ दिन बिद्युत अबरुद्ध हुने (अबरुद्ध स्थान सहित)


3.4K
Shares

गोरखाका बिभिन्न क्षेत्रमा ५ दिन बिद्युत अबरुद्ध हुने (अबरुद्ध स्थान सहित)

गोरखा ५, बैशाख । नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्र अन्र्तगत खोप्लाङ फिडरबाट बितरण गरिएको शहिद लखन गाउँपालिका, भीमसेन थापा गाउँपालिका लगायतका केही क्षेत्रमा ५ दिन बिद्युत अबरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले शहिद लखन गाउँपालिकाको बुङकोट–नाम्जुङ सडक खण्ड अन्र्तगत सडकस्तरोन्नतीको कार्य भइरहेकाले ति क्षेत्रमा बिद्युतको पोल स्थानान्तरण गर्न बिहान १० बजेदेखि ५ बजेसम्म बिद्युत अबरुद्ध हुने प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख छ ।

प्राधिकरणले खोप्लाङ फिडरमा पर्ने स्थानहरु बुङकोट, खाब्दी भञ्याङ, मकैपुर, रानीस्वांरा, क्यामुन्टार, सिमलटार, नाम्जुङ लगायतका क्षेत्रमा बिद्युत अबरुद्ध हुने जनाएको छ । तोकिएको समय अगाबै काम सम्पन्न भएन निर्धारित समय भन्दा अघि पनि नियमित बिद्युत सूचारु हुने प्राधकिरणद्धारा जारी सूचनामा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology