गोरखा ४, बैशाख । फोटो पत्रकार गोरखाकी पुर्णिमा श्रेष्ठले विश्वको दशौँ अग्लो अन्नपूर्ण १ हिमालको सफल आरोहण गर्नुभएको छ । शुक्रबार १२ बजे श्रेष्ठले अन्नपूर्ण हिमालको सफल आरोहण गर्नुभएको सेभेन सम्मिट ट्रेक्स प्रालिले जनाएको छ । उहाँसगै सँगै अन्य चार जना महिलाले पनि ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेका छन् ।
अन्नपूर्ण हिमाल आरोहण गर्ने श्रेष्ठ प्रथम नेपाली महिला हुनुहुन्छ । किलर माउण्टेन भनेर चिनिने सो हिमालको यसअघि नेपाली महिलाहरुले आरोहण गरेका थिएनन् । आरुघाट गाउँपालिका ९ की श्रेष्ठले यसअघि ८,८४८.८६ मिटर अग्लो सगरमाथा, ८,१६३ मिटर अग्लो मनास्लु र ६,८१२ मिटर अग्लो अमादव्लम हिमालको आरोहण गरिसक्नु भएको छ ।