Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा परम्परागत खोरमा पर्यो चितुवा


2.9K
Shares

गोरखामा परम्परागत खोरमा पर्यो चितुवा

गोरखा ३, बैशाख । गोरखाको गण्डकी गाउँपालिका–५ सयमुरेमा स्थानीयबासीले परम्परागत काठको खोर थापेर चितुवा नियन्त्रणमा लिएका छन् । लामो समयदेखि दर्बुङ सहित आसपासको क्षेत्रमा चितुवाले घरेलु पशुचौपाया मारेर आंतक नै मच्चाउन थालेपछि डिभिजन बन कार्यालय गोरखाको समन्वयमा स्थानीयबासीले सयमुरेमा थापेको खोरमा चितुवा परेको हो ।

‘चितुवा कुन उमेरको हो, भाले चितुवा हो वा पोथी चितुवा हो भन्ने बारेमा खुल्न बाँकी रहेको सव डिभिजन बन कार्यालय सिउरेनीटार प्रमुख साहायक बन अधिकृत मनमोहन मिश्रले जानकारी दिनुभयो । ‘खोरमा परेको प्राबिधिक व्यवस्थापन गरेर त्यसलाई अन्यत्र लैजानु पर्ने हुन्छ, उहाँले भन्नुभयो, आबश्यक सामग्रीको हामीसंग अभाव छ, भोलीसम्ममा सवै व्यवस्थापन गरि उद्धार गछौ ।’

जनशक्ति पनि पर्याप्त नभएकाले पनि तत्काल घाउचोट नलाग्ने गरि सुरक्षित उद्दार गर्नका लागि आबश्यक सामग्री जुटाउन समय लागेको उहाँले बताउनुभयो । खोरमा परेको चितुवा उद्दार गरि अन्यत्रै लगेर छोड्ने डिभिजन बनकार्यालय गोरखाका प्रमुख असोककुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘खोरमा परेको चितुवलाई उपयुत्त ठाउँमा उसको बासस्थानमा छोड्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो, ‘कस्तो अबस्थामा छ कस्तो छ हेर्नका लागि कर्मचारी पठाएका छौ अन्यत्र पनि समन्वय भइरहेको छ ।’

पछिल्लो दुई महिनाको अबधीमा चितुवाले गण्डकी गाउँपालिकाको रानागाउँमा मात्रै बाख्रा र गोरु गरि १७ वटा घरपालुवा पशुबस्तु, सयपुरेमा १० वटा गाइगोरु र राईथोकमा ५ वटा बंगुर तथा ५ वटा बाख्रा मारेको स्थानीयबासीको भनाई छ । चितुवाको आंतक बढ्न थालेपछि स्थानीयले करिब एक महिना अघि काठको खोर बनाएर थापेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology