गोरखा ३, बैशाख । तीनदिनदेखि बेपत्ता भएका एक युवक मृत अबस्थामा भेटिएका छन् । गोरखा नगरपालिका–८ थाकलडाँडाका २७ बर्षका मिनप्रसाद रोका रुखमा झुण्डिएको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गएको चैत ३१ गतेराती पसल जान भनि घरबाट निस्किएका रोका सम्र्पक बिहिन भएका थिए । बेपत्ता युवकको खोजी गर्ने क्रममा थाकलडाँडा स्थित चिलाउनेको रुखमा झुण्डिएको अबस्थामा शव फेला परेको हो ।
मृतकको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।