गोरखा, ३ बैशाख । गोरखा नगरपालिका वडा नम्बर ९ रानीडाँडा क्षेत्रबाट शुक्रबार एक घाइते रतुवा मृगको उद्धार गरिएको छ । जंगलको पोखरी नजिकै घाइते अबस्थामा स्थानीयबासीले रतुवा मृग देखेपछि डिभिजन बन कार्यालयालाई जानकारी गराएका थिए ।
लगत्तै कार्यालयबाट गएको टोलीले घाइते रतुवा मृगको उद्दार गरेको कार्यालयले जनाएको छ । उद्धार गरिएको मृगको डिभिजन बन कार्यालयमा नै राखेर उपचार भइरहेको छ ।
अन्दाजी २ बर्षको भाले रतुवा मृगको खुट्टामा चोट लागेको अबस्था फेला परेको बन कार्यालयले जनाएको छ ।