गोरखा २, बैशाख । गोरखाको शहिद लखन गाउँपालिका–७ बुङकोट स्थित श्री चण्डिका आधारभूत बिधालयमा शिक्षकलाई तलव खुवाउन करिब ५ लाख रुपैया आर्थिक सहयोग संकलन गरिएको छ । बिधालयको शैक्षिक गुणस्तर सुधारका लागि निजी श्रोतबाट नै शिक्षक नियुक्ती गर्नुपर्ने भएपछि आथिर्क सहयोग संकलन सुरु गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
निजी श्रोतमा शिक्षक नराखी नहुने अबस्था भएपनि तलव खुवाउनका लागि आर्थिक अभाव हुने भएपछि आर्थिक स्रोत जुटाउन थालिएको उहाँको भनाई छ । ‘बिधालयको दरबन्दी कटौती हुदै जाँदा कक्षा सञ्चालनमा कठिनाई भइरहेको छ, निजी स्रोतको शिक्षक राख्न बिधालयसंग आफ्नै स्रोत छैन, उहाँले भन्नुभयो, ‘आर्थिक संकलन गरेरै भएपनि शिक्षक राख्नुप¥यो भनेर अभियान सुरु गरिएको हो ।’
अभियान सुरु गरेको पहिलो दिनमा ४ लाख ९४ हजार ५४० रुपैया सहयोग प्राप्त भएको वडाध्यक्ष श्रेष्ठको भनाई छ । बिधालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्य, बिधालयका शिक्षक, समाजसेवी, भूतपूर्व बिधार्थी, कर्मचारी लगायतबाट आर्थिक सहयोग प्राप्त भएको बिधालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बि.कले जानकारी दिनुभयो । प्राप्त भएको रकम सोझै बिधालयको खाता जम्मा गर्ने व्यवस्था गरिएको उहाँको भनाई छ ।
‘अहिलेसम्म अधिकतम २८ हजार रुपैयादेखि न्युनतम ५ हजार रुपैयासम्म स्वेच्छाले आर्थिक सहयोग प्राप्त भएको हो, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, थप आर्थिक सहयोग गर्ने प्रतिबद्धताहरु आइरहेको छ । बिधार्थीहरु संख्या अनुसार बिधालयमा शिक्षक नहुदा बिधालयको शैक्षिक गुणस्तर बृद्धि गर्न नसकिएको भन्दै बिधालयले निजी श्रोतमा भनेपनि शिक्षक राख्ने तयारी गरेको उहाँले बताउनुभयो ।
अभियानको पहिलो दिन वडा अध्यक्ष श्रेष्ठले २८ हजार पाँच सय, वडा सदस्य गोपाल बहादुर रानाले १५,०००,प्रधानाध्यापक गणेशमान श्रेष्ठ, शिक्षक कृष्णप्रसाद अम्गाई, कमला श्रेष्ठ, अन्जु श्रेष्ठले २८ हजार दुई सय, शिक्षकहरु नारायण कुमार श्रेष्ठ, बिनिता थापा मगर, कल्पना श्रेष्ठ, सन्तोषी लामिछानेले २६ हजार छ सय १० सहयोग गर्नुभयो । यस्तै शिक्षक एलिसा श्रेष्ठले १६ हजार आठ सय, बिष्णु बिकले १० हजार र कार्यालय सहयोगी जितबहादुर श्रेष्ठले पाँच हजार सहयोग गर्नुभएको छ ।
विद्यालयमा शिक्षक राख्न दिपककुमार श्रेष्ठ (अनु), कृष्णमान श्रेष्ठ (इश्वर), रामप्रसाद श्रेष्ठ, बिष्णुबहादुर श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, शंकर प्रधान, प्रकाश श्रेष्ठ, किरणबाबु श्रेष्ठले नगद १०÷१० हजार सहयोग गरेका गर्नुभएको थियो । पूर्णबहादुर थापा, लेखबहादुर थापाले १५÷१५ हजार सहयोग गरेका छन् । प्रकाश गजमेरले पाँच हजार, फत्तबहादुर रानाले २५ हजार र सुवेदार श्यामबहादुर थापाले ५० हजार गरी चार लाख ९४ हजार पाँच सय ४० रुपैयाँ संकलन भएको हो ।