गोरखा १, बैशाख । स्वास्थ्य कार्यालय गोरखाका ल्याब टेक्निसियन नारायण अर्याल जनसेवाश्री (पन्चम) श्रेणीद्वारा सम्मानित हुनुभएको छ ।
कोरोना कहरमा अहोरात्र खटिएको भन्दै अर्याललाई आज राष्ट्रपती भवनमा जनसेवाश्री (पन्चम) श्रेणीद्वारा सम्मानीत गरिएको हो । उहाँलाई राष्ट्रपती बिद्यादेवी भण्डारीले प्रमाण पत्र र पदक दिएर सम्मान गर्नुभएको हो ।
‘नेपाल राष्ट्रको गौरव तथा नेपाली जनताको हित अभिबृद्विमा तपाईबाट भएको उल्लेखनीय योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मानस्वरुप जनसेवाश्री (पन्चम) श्रेणीद्वारा विभूषित गरिएको छ’ सम्मान पत्रमा भनिएको छ । अर्यालले गएको चैत्र ११ पछी जिल्लामा कोरोना कहरका बिचमा पनि अहोरात्र खटिएर स्वाब संकलनमा सक्रियता देखाउनु भएको थियो ।