गुल्मी १, बैशाख । जिल्ला प्रशासन कार्यालय गुल्मीका दुई कर्मचारीको सवार गाडी दुर्घटना परि ज्यान गएको छ । गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुदा कार्यालयका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन भने बाँकी रहेको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले बताउनुभयो । कार्यालयका कर्मचारी सवार वाडी दुर्घटना परेको हो ।
उक्त गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारी लगायत सवार रहेको बताइएको छ ।