Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्रकको ठक्करबाट पत्रकारको मृत्यु


2.1K
Shares

ट्रकको ठक्करबाट पत्रकारको मृत्यु

बुटवल १, बैशाख । ट्रकको ठक्करबाट एकजना पत्रकारको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका करिब ५० वर्षीय पत्रकार नन्दराम पौडेलको गएराती ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति पत्रिकाको काम सकेर लु५९ प ६४४१ नम्बरको मोटरसाइकलमा घर जाँदै गरेका उनलाई बाणगंगा नगरपालिका ८ चप्परगाउँमा पश्चिम दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।

पौडेल स्थानीय बुद्ध दर्पण दैनिक र बुद्ध आवाज साप्ताहिकमा कार्यररत हुनुहुन्थ्यो। पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा उहाँ प्रदेश कोषाध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो ।

ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रण रहेको प्रहरीले जनाएको छ । पौडेलको मृत्यु भएपछि बाणगंगा ८ चप्परगाउँमा स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology