Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आँबुखैरेनीका एक पुरुष हत्या गरि शव लुकाएको आरोपमा पक्राउ


5.2K
Shares

आँबुखैरेनीका एक पुरुष हत्या गरि शव लुकाएको आरोपमा पक्राउ

तनहुँ ३०, चैत । तनहुँको आँबुखैरेनीका एक पुरुष हत्या गरि शव लुकाएको आरोपमा पक्राउ परेका छन् । जिल्लाको आबुँखैरेनी गाउँपालिका – ५ बरालुङ ५० वर्षीय आइतसिं गुरुङलाई एक बालकको हत्या गरि शव लुकाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सोही ठाउँका १२ वर्षीय शिशिर गुरुङको हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यहीँ चैत ।२२ गते लाठि सहित कडा वस्तुले शरीरको संवेदनशील अङ्गमा कुटपिट गरी गुरुङले बालकको हत्या गरेको प्रहरीको आरोप छ ।

कुटपिटबाट घाइते शिशिरको चैत २४ गते मृत्यु भएको घटनालाई गोप्य राखी लास सदगत गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय आँबु खैरेनीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट लास समेत गरेको छ ।

पक्राउ परेका गुरुङ बिरुद्ध आइबार जिल्ला अदालत तनहुँबाट कर्तव्य ज्यान मुद्वामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय तनुहँले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology