Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

माछा मार्न गएका गोरखाका एक युवकको ६ दिनपछि शव फेला


5.1K
Shares

माछा मार्न गएका गोरखाका एक युवकको ६ दिनपछि शव फेला

गोरखा,२९ चैत  माछा मार्न त्रिशुली नदीमा गएमा एक युवकको ६ दिनपछि शव फेला परेको छ । गोरखाको शहिद लखन गाउँपालिका –४ ठेउवाटार घर भएका २२ बर्षका धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

२३ गते सोमबार साँझ साथीहरु संगै घरबाट माछा मार्न भनेर नदीमा गएका प्रजा नफर्किएपछि खोजतलास हुदै आएको थियो । प्रजाको शव त्रिशुली नदी किनारमा फेला डिएसपी दाहालले बताउनुभयो । उनलाई नदीले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता प्रजाको सोही रातीबाट खोजी भएता पनि फेला पर्न सकेको थियो ।

स्थानियबासीले शहिदलखन गाउँपालिकाको वडा नम्बर ४ स्थित भुते बगर भन्ने स्थानमा त्रिशुली नदी किनारमा शव तैरिएको अवस्थामा देखेरपछि प्रहरीलाई खबर गरेका थिए । प्रजाको शव पोष्टमार्टम गरि अन्येष्टीका लागि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । प्रजाको हिजै पोष्टमार्टम पछी शव आफन्तलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology