Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रदेश कमिटिको पदाधिकारीमा गोरखाका दुई पत्रकार बिजयी, केन्द्रीय सदस्यमा उठेका श्रेष्ठ पराजित


2.9K
Shares

प्रदेश कमिटिको पदाधिकारीमा गोरखाका दुई पत्रकार बिजयी, केन्द्रीय सदस्यमा उठेका श्रेष्ठ पराजित

गोरखा २८, चैत । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कमिटीको कोषाध्यक्ष र समावेशी सचिवमा उमेद्वार बनेका गोरखाका दुई पत्रकार बिजयी भएका छन् । बिहिबार सम्पन्न निर्वाचनमा पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) समावेशी सचिव र पत्रकार राजेन्द्र न्यौपाने कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

५२४ मत प्राप्त गरि बिजयी हुनुभएका श्रेष्ठले आफ्ना निकटतम प्रतिद्धन्दी रुद्रश्रीस मगरलाई ११४ मतको अन्तरले पराजित गर्नुभएको थियो । त्यस्तै कोषाध्यक्षमा बिजयी न्यौपानेले आफ्ना दुई प्रतिस्पर्धी शालिकराम कोइराला र सागरराज तिमिल्सिेनालाई पराजित गर्नुभएको थियो । ४५३ मत ल्याएर बिजयी हुनुभएका न्यौपानेका निकटतम प्रतिद्धन्दी कोइरालाले २७७ मत प्राप्त गर्नुभएको थियो भने अर्का उमेद्धवार् तिमिल्सिेनालले २०४ मत प्राप्त गर्नुभएको थियो ।

यता गोरखाबाट नै गण्डकी प्रदेश क्षेत्रबाट केन्द्रीय सदस्यका उमेद्वार बन्नुभएका गोरखाका पत्रकार भीमलाल श्रेष्ठ भने पराजित हुनुभएको छ । उहाँले कुल ३०५ मत प्राप्त गर्नुभएको छ । गण्डकी प्रदेशबाट त्रिभुवन पौडेल र प्रदीप काफ्ले महासंघको केन्द्रीय सदस्यमा बिजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology