गोरखा २८, चैत । गोरखाको पालुङटार नगरपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरमा आपसी झैझगडाका क्रममा एक व्यक्तिलाई अंङ्गभंग हुनेगरि कुटपिट गरि फरार भएका गोरखाको पालुङटार नगरपालिका ९ धुवाकोटका २२ बर्षिय राज कुमाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घटनापछि भक्तपुर जिल्ला अदातलतबाट उनलाई कैद तथा जरिवानाहुने फैसला गरेको थियो । फैसला पछि कुमाल फरार भएका थिए । अदालतको फैसला संगै फरार रहेका कुमाललाई उनकै घर ठेगानामा रहेको सूचनाको आधारमा गोरखा प्रहरीले शुक्रबार पक्राउ गरी गोरखा जिल्ला अदालतमा पेश गरेको छ । कुमाललाई अदातलबाट १ बर्ष ११ महिना र ५० हजार नगद जरिवाना हुने फैसला गरेको थियो ।
शुक्रबार नै गोरखा जिल्ला अदालतले कुमाललाई कैद सजाय भूक्तानकालागि गोरखा कारागार चलन गरेको समेत जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।