काठमाण्डौं १७, चैत। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीमा घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा एकजनाको मृत्यु भएको छ ।
मंगलबार स्थानीय दीपेन्द्र घोरासैनीको घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा दोलखाको जिरी नगरपालिका–२ घर भई काठमाडौंको मूलपानी बस्ने २० वर्षीय इन्द्रबहादुर गुभाजुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढिस्कोले पुरिएर गम्भीर घाइते भएका उहाँको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही क्रममा घाइते भएका ३५ वर्षीय धनबहादुर मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।