Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा प्रहरीले सुरु गर्यो कार्यालयको गेटमै निशुल्क साहायता कक्ष


2.9K
Shares

गोरखा प्रहरीले सुरु गर्यो कार्यालयको गेटमै निशुल्क साहायता कक्ष

गोरखा १७, चैत । जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरीसंग सम्बन्धित विविध विषयमा सेवा लिन आउने सेवाग्राहीलाई सजिलोका लागि साहायता कक्ष स्थापना गरेको छ ।

सर्वसाधारण सेवाग्राहीहरुको सेवा प्रवाह छिटो–छरितो होस र सेवाग्राहीको आर्थिक हितलाई समेत मध्यनजर गर्दै बाहिरी विभिन्न व्यक्तिबाट निवेदन तथा उजुरीहरु लेख्दा महंगो शुल्क तिर्नुपर्ने व्यापक जन–गुनासोपछि साहायता कक्षा स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

तत्कास सवै खालका गुनासोलाई न्युनिकरण गर्न कार्यालयको नागरिक सहायता कक्ष स्थापना गरेको हो । साहायता कक्ष स्थापना भएसंगै अब सेवाग्राहीले निःशुल्क निवेदन तथा उजुरीहरु लेख्न पाउने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology