Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा कौडा खोली रहेका ६ जना पक्राउ


2.3K
Shares

गोरखामा कौडा खोली रहेका ६ जना पक्राउ

गोरखा १७, चैत । गोरखाको अजिरकोट गाउँपालिकाबाट कौडा खेली रहेको अबस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । अजिरकोट गाउँपालिका वडा नम्बर ६ भच्चेक बजारबाट गएराती उनिहरुलाई पक्राउ गरिएको जिल्ला जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका वडा नम्बर ३ का सुगम गुरुङ, अमिर सोमबहादुर गुरुङ, बिकास गुरुङ, अमिर गुरुङ सिरानचोक गाउँपालिका वडा नम्बर ५ का प्रकाश पोखरेल र ठाकुर बलयकोटी रहेको प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

कौडाको खालबाट नगद ९ हजार ९० हजार रुपैया समेत बरामद गरेको उहाँले बताउनुभयो । पक्राउ परेका सवै बिरुद्ध जुवा सम्बन्धी कसुरमा मूद्धा दर्ता गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology