गोरखा १६, चैत । नेपाल कम्यूनिष्ट पार्टी )एमाले) का जिल्ला नेता शिशिर पोखरेलको निधन भएको छ । बारपाक सुलिकोट गाउँपालिकाका संयोजक पोखरेलको सोमबार चितवनमा उपचारको क्रममा निधन भएको हो ।
कलेजो सम्बन्धी समस्याबाट ग्रसित पोखरेल लामो समयदेखि चितवनमा उपचाररत् रहेको नेकपा एमाले गोरखाले जनाएको छ । ताकुमाझ लाँकुरीबोट निबासी पोखरेललाई मौरीले चिलेपछि बिगत ३ महिनादेखि बिरामी हुदै आउनु भएको थियो । पोखरेलको आजै देवघाटमा अन्त्यष्टि गरिएको छ ।