Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा चौध बर्षिया बालिकामाथि बलात्कारको प्रयास गर्ने व्यक्ति पक्राउ


3.7K
Shares

गोरखामा चौध बर्षिया बालिकामाथि बलात्कारको प्रयास गर्ने व्यक्ति पक्राउ

गोरखा, १६ चैत । गोरखामा १४ बर्षिया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोरखा नगरपालिका–७ थर्पु घर भएका ४० बर्षका भगवान खत्री रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

आइतबार बिहान ७ बजे दुघ लिन गएकी बालिकालाई बाटोमा एकान्त स्थानमा भेटी खत्रीले जबरजस्तीको प्रयास गरेको उहाँले बताउनुभयो । बालिकालाई सुनसान स्थान खोल्सा पट्टी लगी जबरजस्ती करणी उद्योग गरेको जानकारी पाए पछि प्रहरीको टोलीले उनलाई पक्राउ गरेको डिएसपी दाहालको भनाई छ ।

पक्राउ परेका खत्रीलाई जबरजस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology