गोरखा १३, चैत । गोरखा नगरपालिका वडा नम्बर ४ स्थित पन्थेस्वाँरा माथि जंगलमा बुधबार राती लागेको आगो प्रहरीले करिब ५ घण्टापछि नियन्त्रणमा लिएको छ । अत्याधिक हावाहुरीका बेला डढेलोले बस्तीमा समेत क्षति पु¥याउनबाट जोगाउन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली डढेलो नियन्त्रणमा खटिएको थियो ।
गोरखा दरबार माथिको डाँडामा रहेको नेपाल टेलिभिजन, टेलिकम लगायत टावरमा समेत क्षति पुग्न सक्ने जानकारी आएपछि प्रहरी निरिक्षक कमाण्ड आगो नियन्त्रणका लागि ३० जना प्रहरी परिचालन गरिएको थियो । तर आगो नियन्त्रणमा लिन सक्ने अबस्था नरहेपछि नेपाली सेनाका तालिम प्राप्त ३० जना र सशस्त्र प्रहरीका १० जनाको टोली डढेलो नियन्त्रणका लागि खटिएको थियो ।
संयुक्त टोलीले रातको साढे १२ बजे डढेलो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखा जनाएको छ । डढेलोबाट कुनै भौतिक तथा मानविय क्षति भने नभएको जनाइएको छ ।