Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नानीलाई विद्यालय पुर्‍याउन हिँडेकी महिलाको शव फेला


3K
Shares

नानीलाई विद्यालय पुर्‍याउन हिँडेकी महिलाको शव फेला

ताप्लेजुङ १२, चैत । नानीलाई बिधालय पु¥याउन भनेर हिडेकी एक महिलाको शव फेला परेको छ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेमा ३१ वर्षीय बिमला डाँगी बस्नेतको शव भेटिएको हो। बुधबार बिहान नानीलाई विद्यालय पुर्‍याउन हिँडेकी बस्नेतलाई बेलुका ९ बजे स्थानीयले मृत भेटेका थिए।

घाँटीमा पासो लगाएको अवस्थामा भुईंमा शव रहेको स्थानीय दिपक बस्नेतले जानकारी दिनुभयो । टाढाबाट हेर्दा शरिरभरी निलडाम देखिएको उहाँले बताउनुभयो ।। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालनरसिंह राणाको टोली पुगेको छ।

‘म भर्खरै घटनास्थल आइपुगेँ। अनुसन्धान सुरु गरेका छौं,’ राणाले भने, ‘अहिल्यै थप भन्न सक्ने अवस्था छैन।’ स्थानीयका अनुसार बुधबारै दिउँसो १२ बजेदेखि बिमलाका जेठाजु नाताका घनश्याम बस्नेत पनि बेपत्ता भएका छन्। मृतकका श्रीमान कुमार बस्नेत झापामा बस्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology