गोरखा १२, चैत । गोरखाको शहिद लखन गाउँपालिका स्थित एक गोठमा मंगलबार भएको आगलागीमा परि ४ बटा बाख्रा मरेका छन् । गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने दार्चे भन्ने ठाँउमा स्थानीयबासी नारायण प्रसाद रेग्मीको गोठमा आगलागी हुदा गोठमा रहेका व्याउने भैसी र पाडो समेत जलेको वडाध्यक्ष दिलिप थापामगरले जानकारी दिनुभयो ।
आगलागीबाट गोठ पूर्णरुपमा ध्वस्त भएको उहाँको भनाई छ । उद्धार गरिएको भैसी र पाडो बाँच्ने अबस्था भने नरहेको उहाँको भनाई छ । गोठमा कुडो पकाएको आगो सल्किएर गोठ जलेको स्थानीयको भनाई छ ।