Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा टिबीका रोगका बिरामीको संख्यामा बृद्धि


1.9K
Shares

गोरखामा टिबीका रोगका बिरामीको संख्यामा बृद्धि

गोरखा ११, चैत । गोरखामा चालु आर्थिक बर्षको ८ महिनामा गत बर्षको तुलनामा टिबीका बिरामीहरुको संख्या बढेको छ । बिश्व टिबी दिवसको सन्र्दभमा स्वास्थ्य कार्यालय गोरखाले बुधबार आयोजना गरेको कार्यक्रममा जिल्ला भित्र चालु आर्थिक बर्षको अहिलेसम्ममा १०७ जनाको टिबी रोग देखिएको जनाइएको छ ।

गतबर्षको यहीँ अबधीमा जिल्ला भित्र कुल ९८ जनामा यो रोगको पुष्टी भएकोमा यो बर्ष उक्त संख्यामा बृद्धि भएको कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले जानकारी दिनुभयो । गत बर्ष रोग पुष्टी भएका मध्ये ८० प्रति अर्थात ७८ जना रोगबाट मुक्त भएको तथ्याङ रहेको उहाँले बताउनुभयो ।

उहाँले जिल्ला भित्र अहिले ९४ वटा स्वास्थ्य संस्थामा टिवी रोगीहरुका लागि औषधी बितरण गरिने भएपनि ११ वटा स्वास्थ्य संस्थाहरुबाट मात्र त्यसको नियमित परीक्षण हुने गरेको जानकारी दिनुभयो । नेपाल टिभी रोग पुष्टी हुनेमध्ये ५० प्रतिसत खकारमा किरा देखिएका बिरामी हुने गरेको ठकुरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology