Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

खुशीको खबर : गोरखामा भित्रियो टिबीरोग तत्काल पत्ता लगाउने अत्याधुनिक उपकरण


2.8K
Shares

खुशीको खबर : गोरखामा भित्रियो टिबीरोग तत्काल पत्ता लगाउने अत्याधुनिक उपकरण

गोरखा ११, चैत । गोरखा जिल्लामा टिबी रोग पत्ता लगाउने अत्याधुनिक उपकरण भित्रिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रको सहयोगमा प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्र मार्फत टिबी रोगको परीक्षण गर्ने जेन एक्सपट मेसिन (GENA EXPERT)  भित्रिएको स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरीले जानकारी दिनुभयो ।

उक्त मेसिनले टिबी रोग लागे नलागेको ३ घण्टा भित्र पत्ता लगाउन सक्ने उहाँले बताउनुभयो ।‘ गोर्खाली जनताको लागि यो अत्यन्तै खुशीको कुरा हो, उहाँले भन्नुभयो, यो उपकरणले रोग पत्ता लगाउने मात्र होइन औषधीको प्रभावकारीको बारेमा समेत रिर्पोट दिनसक्नछ । ’ केन्द्रले गोरखा अस्पताललाई उपकरण शनिबार हस्तारण गरेको उहाँको भनाई छ ।

‘उपकरण जडानको काम भने भएको छैन, निमित्त प्रमुख ठकुरीले भन्नुभयो, ‘उत्त उपकरण जडानका लागि प्राबिधिक ल्याउनु पर्ने भएकाले अब केहीदिन भित्र जडानको काम हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology