Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कैलालीमा गोली चल्लो, दुईजना घाइते


2.7K
Shares

कैलालीमा गोली चल्लो, दुईजना घाइते

कैलाली १०, चैत । कैलालीमा प्रहरीको गोली लागेर २ जना घाइते भएका छन् । बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा उनिहरुलाई घाइते भएका हुने  ।घाइतेको परिचय खुल्न सकेको छैन । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले दावी गर्नुभयो ।

घाइतेहरुलाई उपचारका लागि कोहोलपुर पठाइएको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना६ ८८३३ नंको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका १ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएपनि स्थानीयबासीले टायर बालेर आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology