Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

स्कुल बस दुर्घटना, एकको मृत्यु, २२ घाइते


3.3K
Shares

स्कुल बस दुर्घटना, एकको मृत्यु, २२ घाइते

दाङ १० चैत । दाङमा मंगलबार (आज) बिहान स्कुलबस र्दुघटना हुदा १ बिधार्थीको मृत्यु भएको छ ।  दुर्घटनामा अन्ष् २२ जना घाइत भएको प्रहरीले जनाएको छ। तुलसीपुर उपमहानगरपालिका–१५स्थित सरैयाडाँडामा स्कुल बल दुर्घटना परेको हो  ।

स्कुल बस दुर्घटनामा तुलसीपुर उपमहानरपालिका–१६ की १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

लसीपुरको ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको बस सरैयाडाँडामा दुर्घटना भएको थियो । बस कोठेरीबाट कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुर आउँदै गर्दा ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

स्कुल बस दुर्घटनामा घाइते भएका मध्ये ५ जनाको कोहलपुर शिक्षण अस्पतालमा उपलचार भइरहेको र बाँकीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। (फाइल फोटो)

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology