हुम्ला ९ चैत । रुखबाट घाँस झार्ने क्रममा लडेर एकजनाको मृत्यु भएको छ। हुम्लाको सर्केगार्ड गाउँपालिका–७ ठुलागाउँका ५५ वर्षीय गंगबहादुर छत्यालको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन गएका छत्याल रुखमा राखेको घाँस खसाल्नेक्रममा लडेर मृत्यु भएको प्रहरीको भनाई छ । घटनाको जानकारी पाएलगत्तै छिमेकी घटनास्थलमा पुगेको भएपनि उहाँको मृत्यु भईसकेको अबस्थामा भेटिएको थियो ।