Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

सिलिण्डर पड्किएर ६ जना घाइते


9.3K
Shares

सिलिण्डर पड्किएर ६ जना घाइते

काठमाडौं ९ चैत । सिलिन्डर पड्किदा ६ जना घाइते भएका छन् । हिजोसाझँ आइतबार साझँ सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित एक घरमा सिलिन्डर पड्केर आगो लागेको हो । सिलिन्डर पड्केर आगो लाग्दा होटल सञ्चालक सहितका व्यक्तिहरु घाइते भएका हुन् ।

घाइते हुनेहरुमा होटल सञ्चालक सूर्यविनायक–४ दधिकोट बस्ने टीकाराम बस्नेत, शैलुङ–१ घरभएका राजेन्द्र कार्की, ३९ वर्षीया गीता कार्की, भक्तपुर, सल्लाघारीका १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक नगरपालिका–५ का १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा रहेको प्रहरीले जनाएको छ । घाइते सवैको कीर्तिपुरको बर्न सेन्टर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology