गोरखा ९, चैत । लायन्स क्लव अफ गोरखाकालीकाको अध्यक्षमा मीनादेवी श्रेष्ठ चयन हुनु भएको छ । क्लवको चौँथो अधिवेशनले वर्ष २०२१÷२२ का लागि श्रेष्ठकोअध्यक्षमा नयाँ कार्य समिति चयन गरिएको जनाइएको छ ।
नयाँ चयन भएका कार्य समितिका अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष कल्पना श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कमला श्रेष्ठ, तृतीय उपाध्यक्षमा शारदा खत्री र सचिवमा सरिता मास्के रहनु भएको छ ।
त्यस्तै क्लव एड्मिन्स्ट्रेटरमा प्रेमिता श्रेष्ठ, कोषाध्यक्षमा सन्तोषी जोशी, मेम्बरसिप चेयर पर्सनमा रजस्ना मास्के श्रेष्ठ, एलसिआईएफ कोर्डिनेटरमा पूर्णकुमारी शाही, क्लवको सर्भिस चेयरपर्सनमा सजना श्रेष्ठ, क्लव मार्केटिङमा लक्ष्मी श्रेष्ठ, क्लव डाईरेक्टरमा मिमी श्रेष्ठ, मनिला मास्के, दुर्गा केसी रहनु भएको क्लबले जनाएको छ ।