Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बलात्कारपछि युवतीको हत्या प्रयास गर्ने प्रहरी पक्राउ


3.2K
Shares

बलात्कारपछि युवतीको हत्या प्रयास गर्ने प्रहरी पक्राउ

काठमाण्डौं ८, चैत । युवतीको बलातकारपछि पछि हत्या प्रयास गरेको अभियोगमा प्रहरी नै पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाका प्रहरी कार्यालय बुटवल अन्तर्गत नवलपरासीको जग्गामा कार्यरत प्रहरी जवान २२ वर्षिय सुरेश कठारिया (थारु) पक्राउ परेका हुन् । उनलाई १९ वर्षीया युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोप लागेको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठोरले शनिबार बिहान करिब ५ बजेतिर तिलोत्तमाको कुमारीकी ती युवतीलाई बलात्कारपछि हत्या प्रयास गरी फरार रहेको अवस्थामा आईतबार रुपन्देहीकै मंगलापुरबाट पक्राउ परेको जानकारी दिनुभयो ।

युवती र आरोपित थारूको सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो। प्रहरी जवानले युवतीलाई विभिन्न प्रलोभन देखाउँदै पटकपटक भेट्न दबाब दिंदै आएको र शनिबार बिहान भेटेर ललाईफकाई बलात्कार गरी हत्या प्रयास गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रहरी नायब उपरीक्षक राठोरका अनुसार ललाईफकाई बलात्कार गरेको पोल खुल्ने डरले थारूले झोलाको फिताले घाँटी कसेर हत्या प्रयास गरेको आरोप लागेको छ । । केहिबेर घाँटी कसेपछि बेहोस भएकी युवतीको मृत्यु भएको ठानेर नजिकैको खाडलमा फालेर थारू हिँडेका थिए।

केहीबेरमा होस् खुलेपछि पीडित युवती शरीरभरी चोट र घाँटीमा निलडाम सहित गाउँलेको सम्पर्कमा पुगेकी थिइन्। त्यसपछि गाउलेले ती युवतीलाई अस्पताल पुर्‍याएपछि घटना सार्वजनिक भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology