काठमाण्डौं ८, चैत । पछिल्लो २४ घण्टामा नेपालमा ७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै कुल सङ्क्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये ९ सय ६९ जना सक्रिय सङ्क्रमित छन् । गत २४ घण्टामा ३ हजार १ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा ७७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ३६ हजार ५ सय २६ पुगेको छ ।
गत २४ घण्टामा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको छैन । हाल ४८ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा १ सय ६ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ पुगेको मन्त्रालयले जनाएको छ ।