गोरखा ८, चैत । नेपाल कम्युनिष्ट पार्टीले गण्डक ब्युरोअन्तर्गत गोरखा जिल्लामा एक महिने जन जागरण अभियान शुरु गरेको छ । गोरखाको अजिरकोट गाँपालिकामा शनिबार अन्तरक्रिया कार्यक्रम गर्दै नेकपाले जागरण अभियान शुरु गरेको जनाएको छ । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं गण्डक व्युरो ईन्चार्ज उमा भुजेल (शिलु) र गोरखा जिल्ला ईन्चार्ज प्रतिकको उपस्थिती रहेको थियो ।
नेपाल सरकार र पार्टीबिच भएको वार्ता र तीनबुदे सहमतीका बारेमा बाहिर भ्रम छर्ने काम भईरहेका जागरण कार्यक्रममा उपस्थित स्थानिय बासिन्दाको जिज्ञासाको जवाफ दिने क्रममा नेकपा गण्डक ब्युरो ईन्चार्ज भुजेलले बताउनु भयो ।
त्यस्ता भ्रमका पछडी नलाग्न उहाँले सबैलाई आग्रह गर्नु भएको छ । नेकपाको विद्यमान संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गरेरै छोड्ने उहाँले प्रतिवद्धता पनि जनाउनु भएको छ ।