बारा ७, चैत । शौच गर्न गएका एक युवकको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको जितपुर सिमरा उप महानगरपालिका ५ बकुलिया टोल निवासी ३० वर्षीय युवक उपदेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
चौधरी बिहान घरबाट शौच गर्न मकै खेतमा गएका थिए। मकै खेतमा पस्ने क्रममा खेतमा जंगली जनावरबाट बाली जोगाउन प्रवाह गरिएको करेन्ट लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रको भनाई छ ।
लापरबाही तरिकाले मनोमानी रुपमा खेतमा करेन्ट प्रवाह गर्ने खेत धनीलाई प्रहरीले पक्राउ गरेको छ। युवकको मृत्यु भएको घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।