Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखाको बुङकोटमा व्युटीसियन तालिम


3.6K
Shares

गोरखाको बुङकोटमा व्युटीसियन तालिम

गोरखा ६, चैत । गोरखा शहिद लखन गाउँपालिकामा बेरोजगार महिलाहरुलाई सिप सिकाउने उद्देस्यका साथ असिष्टेन्ट व्युटीसियन तालिम शुक्रबारबाट सुरु भएको छ । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद द्वारा मान्यता प्राप्त गोरखा पोलिटेक्निक इन्ष्टिच्यूट पालुङटार गोरखाको आयोजनामा गाउँपालिकाको वडा नम्बर ७ स्थित बुङकोटमा तालिम सुरु भएको हो ।

६५ दिनसम्म चल्ने तालिम तह १ अन्तरर्गत ३९० घण्टा सञ्चालन हुनेछ । तालिममा शहिद लखन गाँउपालिका ७ र ८ का २० जना महिलाहरुको सहभागिता रहेको छ । वडाध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रमेशबावु थापा मगर प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गोरखा बहु प्राविधिक शिक्षालयका प्रमुख अर्जुन देवकोटा, उप प्रमुख कृष्णबहादुर श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष काशीनाथ अंगाई, नेपाली काँग्रेसका गाँउपार्टी सचिव प्रेमबहादुर श्रेष्ठ, नेकपा माओबादी केन्द्र गणेश लम्साल, ब्यूटिशिन प्रशिक्षक तिलु थापा, मञ्जु गुरुङ सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology