गोरखा ६, चैत । जिउँदै महिलालाई माटोले पुरेर हत्या गर्ने एक्काभेटर चालकलाई केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ । जिवित महिलालाई ठक्कर दिइ खाल्डोमा पुरेर फरार एक्साभेटर चालक २२ वर्षीय जीवन भनिने भीमबहादुर बुढाथोकीलाई पक्राउ गरिएको हो ।
सल्यान घर भएका बुढाथोकीले यही फागुन ११ गते धादिङ त्रिपुरासन्दरी गाउँपालिका सोल्सी स्थित सडक निर्माण गर्ने क्रममा बुढाथोकीले ४० वर्षीय सरस्वती कुमाललाई माटो फाल्ने एक्साभेटरको वकेटले ठक्कर दिइँ माटोले पुरेर फरार भएका थिए।
ुत्यहाँबाट भागेर उनी भारतको विभिन्न स्थानमा लुकेको पाइयो। हाम्रो टोलीले खोजी गरिरहेको थियो। त्यही क्रमममा कन्चनपुरको गड्डा चौकीबाट पक्राउ गरिएको हो,व्यूरोका डीआइजी सहकुल थापाले भन्नुभयो । पक्राउ परेका एक्साभेटरका चालक बुढाथोकीले भने आफूले महिलालाई नदेखको बयान दिएका छन्।