Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

चैत तेस्रो साता भित्र भाडा समायोजन गर्न माग


3.7K
Shares

चैत तेस्रो साता भित्र भाडा समायोजन गर्न माग

काठमाण्डौं ५, चैत । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मूल्यवृद्धिको आधारमा चैतको तेस्रो साताभित्र भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई आज ज्ञापनपत्र बुझाउँदै महासंघले यस्तो माग राखेको हो ।

आफूहरुले दिएको समयसीमाभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने महासंघको चेतावनी छ । यस्तै वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानल अनुमति दिन पनि माग गरिएको छ । प्राविधिक जाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ ।

२० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो । ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले यातायात व्यवसायीको मागका बोरमा यातायात व्यवस्था विभागसँग आवश्यक छलफल गर्ने प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology