कन्चनपुर ५, चैत । घाँटीमा पासो लगाइएको अवस्थामा महिलाको आज शव फेला परेको छ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएकी कमला रोकायाको शव फेला परेको प्रहरीले जनाएको छ । धनगढीस्थित विशालनगरको सौराई होटलमा श्रीमान्सँगै बस्नु भएकी रोकायको शव फेला परेको हो ।
अन्दाजी २८ बर्षकी ति महिला जग्गा खरिद गर्न श्रीमान संगै धनगढी पुगेको बुझिएको छ। मृतकका श्रीमानले मादक पदार्थ सेवन गरेको र राती करिब १ बजे श्रीमतीको मृत्यु भएको भन्दै उनले होटलको गेटमा पुगेर सुरक्षागार्डलाई खबर गरेका थिए।
केही छिनपछि होटेल सञ्चालकले अस्पताल लैजान आग्रह गरेपनि उनले प्रहरीमा खबर गर्न आग्रह गरेपछि प्रहरी बोलाइएको थियो। कमलाको घाँटीमा पासो लागेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।