काठमाडौँ ५, चैत । अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका २८ जना पत्रकारले बिहिबार सामुहिक राजीनामा दिएका छन् । पत्रिका बन्द गर्न लागिएकाले राजीनामाका लागि व्यवस्थापन पक्षले दबाब दिएको भन्दै अन्नपूर्ण पोस्टमा कार्यरत २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका हुन्।
त्यहाँ कार्यरत पत्रकारहरु बिनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारीलगायत २८ जना पत्रकारले सम्पादक अखण्ड भण्डारीलाई सामूहिक राजीनामा बुझाएका हुन् । साथै उनीहरूले लकडाउनका बेलादेखि बाँकी पारिश्रमिक दिन पनि माग गरेका छन् ।

