Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा गोरखा कक्ष बन्ने


8.9K
Shares

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा गोरखा कक्ष बन्ने

गोरखा ४, चैत । गोरखाको आरुघाट गाउँपालिकाले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला रङ्गशाला निर्माणका लागि १ लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । गाउँपालिकाले रङ्गशालामा गोरखा जिल्लाको कक्ष निर्माण गर्ने गरि रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग प्रदान गरेको फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनले रङ्गशाला निर्माणका लागि प्रतिबद्धता भए अनुसारको रकम संकलन हुन नसकेपछि कम्तमिा एक लाख रुपैया आर्थिक सहयोग प्रदान गर्ने व्यक्ति वा संघसंस्थाले रङ्गशाला भित्र सम्बन्धित नामको कक्ष निर्माण गर्ने घोषणा गरेको थियो । गाउँपालिकाले धुर्मुस सुन्तली फाउण्डेसनले अगुवाई गरेको रङ्गशाला निर्माणका लागि संस्था सिताराम कट्टेललाई सो रकम प्रदान गरेको हो । फाउण्डेसनले आफ्नो अभियानमा जोडिएको भन्दै आरुघाट गाउँपालिकालाई धन्यवाद दिएको छ ।

यसैबिच आरुघाट गाउँपालिकाले मानवसेवा आश्रम गोरखालाई ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । अभिभावक बिहिन, बिपन्न सडक बालबालिकाहरुको उद्धार गरि पालनपोषण गर्दै आइरहेको आश्रमलाई गाउँपालिकाको तर्फबाट आर्थिक सहयोग प्रदान गरेको गाउँपालिकाले जनाएको छ । सहयोज्ञापेक्ष सडक मानवमुक्त जिल्ला घोषणाको अभियानमा जुटेको आश्रम रहेका बालबालिकाहरुलाई पालनपोषणका लागि सहयोग प्रदान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology