Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा अहिलेसम्म कुल मतदाता कति ? महिला र पुरुष मतदाता कति-कति छन् त यो हेर्नुहोस् !


4.6K
Shares

गोरखामा अहिलेसम्म कुल मतदाता कति ? महिला र पुरुष मतदाता कति-कति छन् त यो हेर्नुहोस् !

गोरखा ४, चैत । गोरखामा जिल्लामा अहिलेसम्म कुल मतदाताको संख्या २ लाख १ हजार ९ सय १६ पुगेको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको बिबरण अनुसार गोरखा जिल्लामा पुस ५ गतेसम्ममा ९८ हजार ८ सय ६५ पुरुष मतदाता र १ लाख ३ हजार ५१ जना महिला मतदाता रहेको जानकारी दिएको हो ।

प्रतिनिधिसभाका २ र प्रदेश सभाको ४ निर्वाचन क्षेत्र रहेको गोरखामा कुल २१३ मतदान केन्द्र रहेको पनि आयोगले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिधादेवी भण्डारीले संसद बिघटन गरि मध्यावधी निर्वाचनको घोषणा गरेपछि जिल्लामा पुस ५ गतेदेखि मतदाता नामावली संकलनको काम स्थागित भएको थियो ।

आयोगले पुस ५ गतेअघिसम्म देशभर रहेका महिला मतदाता, पुरुष मतदाता र तेस्रो लिङ्गी मतदाताको बिबरण समेत आजै सार्वजनिक गरेको छ । जसमा देशभर अहिलेसम्म कुल मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार १ सय १० जनाको पुगेको जनाएको छ । सर्वोच्च अदातलले बिघटित संसद पुनस्थापना गरेसंगै भोलिदेखि स्थगन भएको मतदाता नामावली संकलन र अद्याबधिक गर्ने कार्य पुनः सुरु हुने निर्वाचन आयोगले आज सूचना जारी गर्दै जानकारी गराएको छ ।

राष्ट्रपति भण्डारीले संसद बिघटन गरि आउदो बैशाख १७ र २७ गते निर्वाचनको घोषणा गर्नुभएको थियो । तर सर्वोच्च अदालतले यहि फागुन ११ गते संसद बिघटन बदर गरिदिएपछि निर्वाचन आयोगले पनि रोकिएको मतदाता नामावली संकलन र अध्याबधिको काम बिहिबारदेखि देशभर पुन सुरु गर्न लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology