कैलाली ४, चैत । रुखमा झुण्डिएको अबस्थामा एक युवकको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका—३ स्थित फाप्ला खेल मैदान नजिकै अन्दाजी १८ वर्षीय युवकको शव फेला परेको हो ।
युवकको अहिलेसम्म पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।