Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लम्जुङमा चट्याङ लागेर ३ जना घाइते, दुईको अबस्था गम्भीर


1.9K
Shares

लम्जुङमा चट्याङ लागेर ३ जना घाइते, दुईको अबस्था गम्भीर

लम्जुङ ३, चैत । लम्जुङमा मंगलबार दिउँसो चट्याङ लागेर ३ जना घाइते भएका छन् । जिल्लाको क्व्होलासोथार गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विनोद विश्वकर्मा, छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका हुन् ।

घाइते मध्ये दुई जनाको अबस्था गम्भीर रहेको बिधालयका प्रधानध्यापक दुर्गाबहादुर गुरुङले जानकारी दिनुभयो । छात्राबासमा पढिरहेका बेला विद्यार्थी चट्याङ लागेको प्रहरीको भनाई छ । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टर मार्फत पोखरा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology