Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सरस्वती मा.वि आहालेका दृष्टिबिहिन बिधार्थीलाई निशुल्क छालाको जुत्ता प्रदान


4.2K
Shares

सरस्वती मा.वि आहालेका दृष्टिबिहिन बिधार्थीलाई निशुल्क छालाको जुत्ता प्रदान

गोरखा ३, चैत । गोरखा नगरपालिका–८ आहालेमा रहेको श्री सरस्वती माध्यामिक बिधालयमा अध्ययनरत दृष्टि बिहिन बिधार्थीहरुलाई निशुल्क रुपमा जुत्ता प्रदान गरिएको छ । गोरखा सदरमुकाम स्थित सनफ्लावर सुज सेन्टरले बिधालयका दृष्टिबिहिन बालबालिकालाई कालो छालाको जुत्ता प्रदान गरेको बिधालयका श्रोत शिक्षक श्यामभक्त कट्टेलले जानकारी दिनुभयो ।

‘सहयोगीभावले निशुल्क रुपमा बिधालयका अपांगता भएका बालबालिकालाई सहयोग प्राप्त भएकाले बिधालय परिवार पनि खुशी छौ, शिक्षक कट्टेलले भन्नुभयो, ‘परिवारका सवैले बिधालयमा सहयोग गरौं भन्ने भावनाले उहाँहरुले सहयोग गर्नुभएको रहेछ।’ बिधालयका दृष्टि बिहिन बालबालिकाहरुलाई बिधालय पोशाक अन्तरगत कालो छालाको जुत्ता पनि आबश्यक थियो, शिक्षक कट्टेलले भन्नुभयो, उहाँको परिवारले आबश्यकतालाई बुझेर सहयोग गर्नुभयो, बालिकाहरु पनि खुशी छन् ।’

अपांगता भएका बालबालिकालाई थोरै भएपनि सहयोग गर्ने उद्देस्यले आफुले बिधालयका ११ जना बिधार्थीहरुलाई छालाको जुत्ता निशुल्क उपलब्ध गराएको सनफ्लावर सुज सेन्टरका प्रोपाईटर लालबहादुर रोकाले जानकारी दिनुभयो । अपांगता भएका अन्य बिधालयका बिधार्थीहरुलाई पनि सहयोग गर्ने आफ्नो चाहाना रहेको उहाँले बताउनुभयो ।

दृष्टि बिहिन बालबालिकालाई सहयोग गरेकोमा बिधालयको तर्फबाट धन्यबाद व्यक्त गरिएको श्रोत शिक्षक कट्टेलले बताउनुभयो । बितरण कार्यक्रममा बिधालयका शिक्षक मेघनाथ लामिछाने, लेखापाल नरोत्तम कट्टेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology