Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा दरबार संङग्रहालय चैत-बैशाख महिनाभर सवैदिन खुल्ला हुने


7.7K
Shares

गोरखा दरबार संङग्रहालय चैत-बैशाख महिनाभर सवैदिन खुल्ला हुने

गोरखा ३, चैत ।  आन्तरिक तथा बाह्य पर्यटकको चाप बढदै गएपछि गोरखा दरबार संङग्रहालय आगामी दुई महिनासम्म सबैदिन खुल्ला हुने भएको छ । संग्राहलय हेर्न आउने पर्यटकहरुको सुबिधाका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पुरातव्व बिभागको सहमतिमा हरेक मंगलबार तथा सार्वजनिक बिदाको दिनपनि खुल्ला गर्ने निर्णय भएको संङग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।

‘यसअघि हरेक हप्ताको मंगलबार र सार्वजनिक बिदाको दिनमा संङग्रहालय बन्द हुदै आएको थियो, उहाँले भन्नुभयो, अब चैत र बैशाख महिनामा भने सबै दिन संङग्रहालय खुल्ला रहनेछ ।’ प्रमुख अधिकारीले संङग्रहालय अवलोकनका लागि आउने पर्यटकहरुले सवैदिन संग्राहलयको प्रर्दशनीकक्षको अबलोकन गर्न पाउने बताउनुभयो । उहाँले जेठ महिनादेखि भने पुनः यस अघिकै अबस्थामा संग्राहलयका प्रर्दशनी कक्ष खुला हुने बताउनुभयो ।

पर्याप्त कर्मचारीको अभाव रहेपनि न्युनतम कर्मचारीको परिचालन गरेर भएपनि संङग्रहालय खुल्ला गर्न लागिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । आउदो जेठ महिनादेखि भने यस अघि जस्तै मंगलबार र सार्वजनिक बिदाको दिन संङग्रहालय बन्द हुने उहाँको भनाई छ ।

गोरखा संङग्रहालय हेर्न आउने पर्यटकहरुले नेपाल एकिकरणका अभियान्ता तत्कालिन राजा पृथ्वीनारायण शाहको चिनादेखि विभिन्न शाहबंशका पालामा लडाई गर्दाका हातहतियार, पुरातात्विक वस्तु, विभिन्न जातजातीका संस्कृती झल्कने सामाग्री, पुराना सिक्का तथा भाडावर्तन फोटो तथा पेन्टिङ्गहरुका साथै बिभिन्न जातजातीका संस्कृती झल्कने डमी संग्रालयमा अबलोकन गर्न पाउछन् ।

पर्यटकहरुले संङग्रहालय भित्र रहेका तैलचित्र कक्ष, बंशावली कक्ष, जन्मकुण्डली कक्ष, दिव्यउपदेश कक्ष, हातहतियार कक्ष, धार्मिक परम्परागत कक्ष, जनजातीको झाँकी कक्ष, परिचात्मक कक्ष, भडावर्तन कक्ष, श्रव्यदृष्य कक्ष, चैत्य कक्ष र हस्तलिखित गरी १२ ओटा प्रर्दशनी कक्षको अबलोकन पाउने प्रमुख अधिकारीले बताउनुभयो । बिं.स २०४३ सालमा गोरखा दरबार संरक्षित स्मारक क्षेत्रको घोषणा गरि संङग्रहालयलाई पृथ्वी स्मृती संङग्रहालयकोे रुपमा बिकास गर्ने योजना रहेपनिपछि पुरै जिल्लाको पहिचान दिने गरी गोरखा संग्राहालयको रुपमा बिकास गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology