Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

शहिद लखन गाउँपालिकामा अपांगता भएका ७९ जनालाई निशुल्क साहायक सामग्री बितरण


3.5K
Shares

शहिद लखन गाउँपालिकामा अपांगता भएका ७९ जनालाई निशुल्क साहायक सामग्री बितरण

गोरखा २, चैत । गोरखाको शहिद लखन गाउँपालिकाले अपांगता भएका ७९ जना व्यक्तिहरुलाई निशुल्क साहायक सामग्री प्रदान गरेको छ । गाउँपालिका भित्रका रहेका अपांगता भएका व्यक्तिहरुको पहिचान गरि उहाँहरुको आबश्यकताका आधारमा साहायक सामग्री बितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले बताउनुभयो ।

गाउँपालिकाले अपांगता भएका व्यक्तिहरुलाई आबश्यकता अनुसार ह्रिवलचियर, करचेश, बैशाखी, सेतो छडी, श्रबण यन्त्र, ट्वाइलेट चियर लगायतका सामाग्री निशुल्क उपलब्ध गराएको उहाँले बताउनुभयो । गाउँपालिकाको सहयोग तथा श्री प्रगतीशिल अपांगसंघ गोरखाको समन्वयमा अपांगता भएका व्यक्तिहरुलाई साहायक सामाग्री प्रदान गरिएको उपाध्यक्ष तिवारीको भनाई छ ।

गाउँपलिकाले वडा नम्बर ७ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरि पालिका भित्रका अपांगता भएका व्यक्तिहरुलाई साहायक सामग्री बितरण गरेको वडाध्यक्ष शरण श्रेष्ठले बताउनुभयोे । वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठको अध्यक्षतमा भएको साहायक सामग्री बितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष तिवारी, वडासचिव अमृता सिग्देल, प्रगतीशिल अपांगसंघ गोरखाका अध्यक्ष अमर गुरुङ लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology