Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा सदरमुकाममा दिउँसै सुनका गरगहना सहित नगद चोरी


4.8K
Shares

गोरखा सदरमुकाममा दिउँसै सुनका गरगहना सहित नगद चोरी

गोरखा १, चैत । पछिल्लो समय चोरीको घटना बढ्दै गएको गोरखा सदरमुकाम क्षेत्रमा आइतबार फेरी अर्को चोरीको घटना भएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ स्थित खेलकुद मैदान नजिकै एक घरमा दिउँसोको समयमा सुनका गरगहना सहित नगद चोरी भएको प्रहरीले जनाएको छ ।

खेलकुद मैदान नजिक डेराबाट करिब ३ तोला सुन र नगद २२ हजार चोरी भएको पिडित सुस्मा श्रेष्ठले बताउनुभयो । कोठामा कोही पनि नभएको अबस्थामा ढोका फोरेर चोरी गरेको भेटिएको स्थानीयको भनाई छ । घर बाहिर रहेकी श्रेष्ठ दिउँसो करिब २ बजेको समयमा कोठमा पुग्दा चोरी भएको देखेपछि छिमेकीलाई खबर गर्नुभएको थियो ।

घटनाको सम्बन्धमा प्रहरीलाई जानकारी गराइएको भएपनि कसले चोरी गरेको हो भन्ने बारेमा भने खुल्न नसकेको स्थानीयले बताएका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । पिडित श्रेष्ठ सदरमुकाममा सिलाई व्यवसाय गर्दैै आउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology